बीवाईडीले भन्यो: अर्थमन्त्रीलाई फसायो भन्नु तथ्यहीन र कपोलकल्पित


काठमाडौं । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिले ‘क्लिकमाण्डु डटकम’मा प्रकाशित एक समाचारप्रति आपत्ति जनाउँदै त्यसको खण्डन गरेको छ।

‘बीवाईडीले अर्थमन्त्री वाग्लेलाई फसायो: विवादमा ल्यायो, मूल्य पनि बढायो’ शीर्षकमा प्रकाशित समाचार तथ्यहीन, भ्रामक र नियतवश कम्पनीको प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले आएको सामेक्सको दाबी छ।

कम्पनीले आफ्नो व्यवस्थापकीय निर्देशकको तस्बिर निजको अनुमति र समाचारको विषयवस्तुसँग कुनै सम्बन्ध नहुँदा नहुँदै पनि सनसनी फैलाउन प्रयोग गरिएको भन्दै आपत्ति जनाएको छ । यसले व्यक्तिको गोपनीयताको हक र प्रतिष्ठामा प्रतिकूल असर पारेको कम्पनीको भनाइ छ ।

समाचारमा अर्थमन्त्रीलाई विवाईडीले फसाएको भन्ने शब्द प्रयोग गरिएको प्रति कम्पनीले आपत्ति जनाएको छ । नेपाल सरकारको बजेट भाषणपश्चात लागू गरिएको नयाँ कर प्रणाली, भन्सार महसुल, स्वच्छ पूर्वाधार लगानी शुल्क र सडक निर्माण दस्तुर लगायतका प्रचलित कानुन र नियमअनुसार नै सवारी साधनको मूल्य निर्धारण हुने साइमेक्स इंकको भनाइ छ ।

‘सवारी साधनको मूल्य निर्धारण कम्पनीले मात्र नभई सरकारले तोकेको कर संरचनाका आधारमा हुने हुँदा अर्थमन्त्रीलाई फसायो भन्नु पूर्णतः तथ्यहीन र कपोलकल्पित छ,’ खण्डनमा भनिएको छ ।

यस्तो छ साइमेक्स इंकको खण्डन