
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले ‘नेशनल बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५’ अन्तर्गत गोल्ड अवार्डबाट सम्मानित भएको छ ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)द्वारा मंगलबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित एक विशेष समारोहका बीच उक्त प्रतिष्ठित अवार्ड नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुली तथा नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले संयुक्त रूपमा ग्रहण गरेका हुन् ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो ।
यस अवसरमा प्रमुख कार्यकारी अधिकृत पराजुलीले उक्त सम्मान सम्पूर्ण नेपाल लाइफका गर्वको विषय भएको उल्लेख गर्दै यसले कम्पनीलाई अझ उच्च स्तरको वित्तीय पारदर्शिता, सुशासन र उत्कृष्ट कार्यसम्पादनतर्फ अघि बढ्ने थप जिम्मेवारी प्रदान गरेको बताए ।
चैत्र मसान्तसम्मको तथ्यांक अनुसार कम्पनीले हालसम्म ५२.४ लाखभन्दा बढी बीमालेख जारी गरी आर्थिक सुरक्षाको दायरामा ल्याएको छ। २ खर्ब ६७ अर्ब रुपैयाँभन्दा बढीको जीवन बीमा कोष व्यवस्थापन गरिरहेको कम्पनीले हालसम्म १ खर्ब १३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेको छ ।
त्यसैगरी, कम्पनीले हालसम्म नेपाल सरकारलाई १७ अर्बभन्दा बढी राजस्व तथा कर प्रदान गरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। साथै, वित्तीय स्थायित्व, सुदृढ बजार स्थिति तथा वित्तीय दायित्व समयमै पूरा गर्ने उच्च क्षमताका आधारमा इक्रा नेपालबाट ‘डबल ए माइनस’ क्रेडिट रेटिङ प्राप्त गर्ने नेपालको पहिलो जीवन बीमा कम्पनीका रूपमा समेत आफूलाई स्थापित गरेको छ ।






प्रतिक्रिया