परिवर्तको सपना देख्ने सबैले जनताको साथ पाउँदैन, तपाईंहरुले पाउनुभएको छ : सिके राउत


काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले रास्वपाले जस्तै आफूले पनि सपना देखेको टिप्पणी गरेका छन् । तर, सपना देख्ने सबैले जनमत नपाउने भन्दै त्यो जनमत रास्वपाले पाएको भन्दै त्यो अवसरलाई खेर नफाल्न सचेत समेत गराएका छन् ।

रास्वपाको प्रथम महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै उनले जेनजी आन्दोलनका घाइतेहरुको आँखामा देखिको परिवर्तको थुप्रै आकांक्षा आफूले पनि देखेको भन्दै त्यसलाई सफलतामा बदल्ने जिम्मेवारी रास्वपाले पाएको त्यसलाई साथ दिनको लागि महाधिवेशनमा उपस्थित भएको उनले बताए ।

उनले महाधिवेशन प्रतिनीधिहरु कुनै पदका लागि भन्दा पनि परिवर्तको चाहाना पुरा गर्ने अठोट लिएर आएको बताए ।
‘तपाईंभित्र जुन देश बनाउने अठोट छ । देशमा केही समृद्धि आओस् भन्ने चाहना छ त्यसका लागि आउनुभएको हो,’ उनले भने, ‘त्यही चाहना म भित्र भएकाले पनि म शुभकामना दिन आएको हुँ । जुन सपना तपाईंहरूले देख्नुभएको थियो, त्यही सपना मैले पनि देखेको थिएँ ।’

उनले आफू रास्वपाको कुनै प्रतिस्पर्धी नभएको सहयात्रीको रुपमा उपस्थित भएको बताए ।