गोविन्द नागिला राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा, ३ विभागीय प्रमुखको जिम्मेवारी हेरफेर

336
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकमा विभागीय प्रमुख (कार्यकारी निर्देशक) हरुको जिम्मेवारी हेरफेर भएको छ ।

कार्यकारी निर्देशक नरेश शाक्यको अवकाससँगै रिक्त भएको कार्यकारी निर्देशक पदमा बैंक तथा वित्तीय संस्था नियमन विभागका निर्देशक गोविन्द प्रसाद नागिलाको बढुवा भएको छ ।

नागिला कार्यकारी निर्देशकमा बढुवा भएसँगै केही कार्यकारी निर्देशकको जिम्मेवारी पनि हेरफेर भएको छ ।

बढुवा भएका नागिलाको जनशक्ति व्यवस्थापन विभागको कार्यकारी निर्देशकमा पदस्थापन भएको छ । त्यस्तै जनशक्ति व्यवस्थापन विभागमा रहेका गुरु प्रसाद पौडेल गभर्नरको कार्यालयमा सरुवा भएका छन् ।

त्यस्तै गभर्नर कार्यालयमा रहेका मुक्तिनाथ सापकोटाको संथागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सरुवा भएको छ ।

उक्त विभागमा कार्यरत रहेका राजन विक्रम थापाको भने नरेश शाक्य अवकास भएसँगै रिक्त रहेको लघुवित्त संस्था सुपरिवेक्षण विभागमा सरुवा भएको छ ।

Skip This