धरौटी बुझाएर छुटे सन्तोष साह


काठमाडौं । बैंकिङ कसुर मुद्दामा पक्राउ परेका सेफ सन्तोष साह बिगो बराबरको धरौटी बुझाएर छुटेका छन्।

प्रहरीले साहलाई शुक्रबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका–८, रमानन्द चोकबाट पक्राउ गरेको थियो ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर साहसँगै सिराहाको कर्जन्हा नगरपालिका–९ का ५८ वर्षीय नारायण साह सुडी पनि पक्राउ परेका थिए । सन्तोषसँगै नारायण पनि रिहा भएको प्रहरीले जनाएको छ ।

गैरीधारास्थित एक रेस्टुरेन्ट खरिद गर्दा पूरा रकम भुक्तानी नगरेको भन्दै शकुन्तला अधिकारी (थापा) ले साहविरुद्ध बैंकिङ कसुरको मुद्दा दायर गरेकी थिइन् । सोही कसुरमा अनुसन्धानका लागि पक्राउ परेका दुवैलाई धरौटी दिएर छुटेको हो ।

Skip This