
काठमाडौं । कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ अन्तर्गत व्यावसायिक मोडेल नवप्रवर्तन तर्फ उच्च तहको अवार्ड प्ल्याटिनम विजेताका सम्मानित भएको छ ।
बैंकले कार्यान्वयन गरेको ग्राहक पहिचान तथा अनुपालन प्रक्रिया सम्बन्धी उल्लेखनिय पहलको लागि उक्त सम्मान प्रदान गरिएको हो ।
इन्फोसिस फिन्याकलद्वारा प्रत्येक वर्ष आयोजना गरिने यो अवार्ड कार्यक्रम विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूका उत्कृष्ट नवप्रवर्तन र रूपान्तरणका अभ्यासहरूको कदर गर्न सञ्चालन हुँदै आएको छ ।
यस वर्ष ९ विधामा ५०० भन्दा बढी आवेदन परेका थिए, जसबाट कुमारी बैंकले केवाईसी कार्यप्रवाह अनुपालन प्रणालीमार्फत उत्कृष्ट प्रदर्शन गर्दै प्ल्याटिनम सम्मान प्राप्त गरेको बैंकले जनाएको छ ।









प्रतिक्रिया