संसदमा प्रधानमन्त्री बालेन शाहले दिएको विवादास्पद अभिव्यक्तिमा भारतीय मिडियाले के भने ?

4.3k
Shares

एजेन्सी । प्रधानमन्त्री वालेन्द्र शाहले आइतबार संसदमा दिएको विवादास्पद अभिव्यक्तिलाई भारतीय सञ्चारमाध्यमहरूले प्राथमिकताका साथ प्रकाशन गरेका छन् ।

शाहले भारतले नेपालको भूभाग मिचेको मात्र नभई नेपालले भारतको भूमि मिचेको कुरा आफू प्रधानमन्त्री भएपछि थाहा पाएको बताएका हुन् ।

नवभारत टाइम्सको अनलाइन संस्करणले यस विषयमा समाचार बनाएको छ । नेपाल भारत सीमा विवादमा बेलायतको मध्यस्थता खोजेको भन्ने एंगल दिएर लिड बनाएको छ । त्यससँगै उसले नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई स्थान दिएको छ ।

त्यस्तै बीबीसी हिन्दीको अनलाइन संस्करणले नेपालले पनि भारतीय क्षेत्रको अतिक्रमण गरेको भन्ने प्रधानमन्त्री शाहको भनाइलाई लिड बनाएको छ । दुवै पक्ष बसेर यस विषयमा कुराकानी गर्नुपर्ने उनको भनाइलाई उक्त सञ्चारमाध्यमले उल्लेख गरेको छ ।