जागिरेलाई बालेन सरकारको राहत, मासिक सवा ३ लाखभन्दा बढी कमाउनेलाई बम्पर फाइदा

4k
Shares

काठमाडौं । जागिरेलाई बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारको ठूलो राहत दिएको छ । अर्थमन्त्री डा. स्वार्णिम वाग्लेले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८३/८४ को आर्थिक विधेयकमार्फत वार्षिक १० लाख रुपैयाँसम्म कमाउने प्राकृतिक व्यक्ति वा दम्पत्तिलाई १ प्रतिशत मात्रै कर तिरे पुग्ने व्यवस्था गरेको छ ।

यस अघि अविवाहित र विवाहित भनेर छुट्याउने गरेको सरकारले अबबाट प्राकृतिक व्यक्ति वा दम्पत्तिलाई वार्षिक १० लाख रुपैयासम्म कमाउँदा एक प्रतिशत मात्रै कर तिरे पुग्ने व्यवस्था गरेको छ ।

सरकारले १० लाख देखि १५ लाख कमाउनले १० प्रतिशत, १५ देखि २५ लाख कमाउनेलाई २० प्रतिशत २५ देखि ४० लाख कमाउनेलाई २७ प्रतिशत र ४० लाख भन्दा बढी कमाउनलेलाई भने २९ प्रतिशत मात्रै कर तिरे पुग्ने व्यवस्था गरेको छ । यो व्यवस्थापछि अब मासिक सवा ३ लाखभन्दा बढी कमाउनेलाई बम्पर फाइदा भएको छ ।

यो व्यवस्था अनुसार नै मासिक ५ लाख कमाउनेलाई बार्षिक पौने ८ लाख फाइदा भएको छ । सरकारले आगामी आर्थिक वर्षदेखि वार्षिक ५० लाख र ६० लाख रुपैयाँभन्दा बढी कमाउनको स्ल्याब हटाएको छ । यसबाट मासिक सवा तीन लाख भन्दा बढी कमाउनेहरुलाई लाभ भएको छ ।