
काठमाडौं । सरकारले कृषि क्षेत्रको पुनरुउत्थान प्राथमिकतामा रहेको घोषणा गरेको छ ।
संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कृषि उत्पादन, प्रशोधन र बजारीकरणको सम्पुर्ण इकोसिस्टमा सुधार गर्ने घोषणा गरे ।
उनले कृषिलाई सम्मान्जनक र लाभमुखी व्यवसायको रुपमा रुपान्तरण गर्ने उनले बताए ।
न्युनतम २ करोडसम्म कृषि तथा तथा पशुजन्य उत्पादनको लागि प्रारम्भिक पूँजी लगानी गर्ने कृषकलाई सरकारले ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान को पाइलट प्रोजेक्ट सुरु गर्ने घोषणा गरे । उत्पादन सुरु भएको वर्षबाट यस्तो अनुदान ४ वर्षसम्म वार्षिक १० प्रतिशतका दरले सोधभर्ना हुने उनले बताए ।





प्रतिक्रिया