सरकारी कार्यालयमा इन्टर्नसिप गर्न पाइने व्यवस्था घोषणा गर्दै बालेन सरकार

175
Shares

काठमाडौं । आगामी आर्थिक वर्षको बजेटमार्फत् सरकारी अफिसमा इन्टर्न गर्न पाउने गरी उद्घोष गरिने भएको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले निजी क्षेत्र र नेपाल राष्ट्र बैंक लगायत निकायको अभ्यास अनुसरण गर्दै आव २०८३/८४ को बजेट वक्तव्यमार्फत् सरकारकी कार्यालयमा पनि इन्टर्न राख्न पाउने व्यवस्थाको उद्घोष गर्न लागेका हुन् ।

स्रोतका अनुसार सरकारी कार्यालयमा स-साना काम गर्न स्थायी कर्मचारी राख्नुभन्दा इन्टर्न राख्नु मितव्ययी हुने अनुमान गर्दै यसले सेवा प्रवाहलाई झनै प्रभावकारी बनाउने अपेक्षासहित यो व्यवस्था गर्न लागिएको हो ।