
काठमाडौं । नेपाल सरकार र इजरायल सरकारबीच भएको श्रम सम्झौता अनुसार इजरायलका दीर्घकालीन स्याहार केन्द्रहरूमा सहायक कामदार (केयरगिभर) पठाउने प्रक्रिया औपचारिक रूपमा सुरू भएको छ ।
वैदेशिक रोजगार विभागले आज एक सूचना प्रकाशित गर्दै इजरायलका विभिन्न स्याहार केन्द्रमा रहेका सबै उमेरका र गम्भीर शारीरिक तथा मानसिक अपांगता भएका व्यक्तिहरूको हेरचाहका लागि नेपाली सहायक कामदारहरूको छनोट गरिने जानकारी दिएको छ ।
दुई देशबिचको सरकारी संयन्त्र (जी२जी) मार्फत हुन लागेको यो छनोट प्रक्रियाले वैदेशिक रोजगारीका लागि इजरायल जान चाहने नेपालीहरूका लागि अवसर सिर्जना गरेको छ ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकहरूले यो सूचना प्रकाशित भएको मिति अर्थात् जेठ १३ गतेबाट २१ दिनभित्र आफ्नो आवेदन पेस गरिसक्नुपर्ने विभागले जनाएको छ ।





प्रतिक्रिया