
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले भ्याटमा बहुदर कार्यान्वयन गर्न माग गरेको छ । महासंघका अध्यक्ष अन्जन श्रेष्ठले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हाल मल्य अभिवृद्धि करको दर १३ प्रतिशत एकल दर रहेकामा बहुदर बनाउन सुझाव दिएका हुन् ।
महासंघले आवश्यक व्यवस्थापकीय र प्रणालीगत तयारी पछि बहुदरयुक्त मूअ कर प्रणाली कार्यान्वयन गरिनु पर्ने माग गर्दै सो कार्यान्वयन नआउन्जेल सम्मको लागि आर्थिक वर्ष २०८३/८४ को बजेट बाटै पाइलटिङका रुपमा केही वस्तु तथा सेवामा मूअ करको घटेको दर लागु गर्न पर्ने माग गरेका हुन् ।
बहुदरयुक्त मुअ कर प्रणाली कार्यान्वयनको लागि समग्र प्रणालीगत तयारी आवश्यक पर्ने महासंघको ठहर छ । त्यसको तयारीको लागि र एकल दरको कारणले कतिपय वस्तु तथा सेवाहरुको लागत बढ्न गई अस्वस्थ्य र अनौपचारिक कारोवार बढ्न गएको हुँदा त्यस्ता वस्तु तथा सेवामा तत्कालै कम दर लगाउनुपर्ने काम सुरु गर्न महासंघको माग छ ।
यसो गर्दा आयातित वस्तु तथा सेवासँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न सहज भई थप रोजगारी सिर्जना र उत्पादन समेत अभिवृद्धि हुने महासंघको दाबी छ ।









प्रतिक्रिया