चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र मन्त्रिपरिषद्‍बाट स्वीकृत

189
Shares

काठमाडौं । सरकारले नेपाल र चीन जोड्ने ‘चिलिमे–केरुङ ४०० केभी अन्तरदेशीय प्रसारण लाइन आयोजनाको कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्तर पत्र तयार गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त पत्रलाई स्वीकृत गरेको छ ।

यस निर्णयले दुई देशबीचको विद्युत व्यापार र प्रसारण लाइन विस्तारको बाटो थप सहज बनाउने अपेक्षा गरिएको सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए ।