महासंघको वरिष्ठ उपाध्यक्षबाट पछि हटे हेमराज ढकाल

399
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष बन्न चाहेका हेमराज ढकालले आफ्नो उमेदवारी फिर्ता लिएका छन् ।

महासंघको शुक्रबार हुँदै गरेको निर्वाचनका लागि ढकालसहित रामचन्द्र संघई र सुरकृष्ण वैद्यले उमेदवारी दिएका छन् ।

हेमराजले उमेदवारी फिर्ता लिएर संघईलाई समर्थन गरेका छन् । उनकाे समर्थनसँगै महासंघको वरिष्ठ उपाध्यक्षमा कडा प्रतिस्पर्धा हुने छ । महासंघमा साढे २ बजे सुरु भएको मतदान साढे ३ बजेसम्म हुँदै छ ।

ढकालले उमेदवारी फिर्ता लिएसँगै अब महासंघको वरिष्ठ उपाध्यक्षमा संघई र वैद्यबीच मात्रै प्रतिस्पर्धा हुने भएको छ ।

मसंघको कोषध्यक्ष पदको लागि भने मनिषलाल प्रधान र अम्बिका प्रसाद पौडेलको उमेदवारी परेको छ ।