दूरसञ्चार प्राधिकरणको नेतृत्वका लागि अध्यक्ष र सदस्यमा ६५ जनाको आवेदन (सूचीसहित)

140
Shares

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र विभिन्न सदस्य पदका लागि ६५ जनाले आवेदन दिएको सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । मन्त्रालयले वैशाख २६ मा प्रकाशित गरेको सार्वजनिक सूचना अनुसार अध्यक्षमा ३२ जना र अरु सात सदस्यमा आवेदन परेको हो ।

प्राधिकरणको नेतृत्व र रणनीतिक पदहरूका लागि उच्च पदस्थ पूर्व कर्मचारीदेखि प्राविधिक क्षेत्रका विज्ञहरूले रुचि देखाएका छन्।

प्राधिकरणको अध्यक्ष बन्न आवेदन दिनेहरूमा रोहित रोनियार, नागेन्द्र कुमार दास, अनिल कुमार झा, दिपक राज लुईटेल, नवीन जी.सी., डा. शैलेन्द्र गिरी, र डा. ई. राजिव सुब्बा लगायत रहेका छन्। अध्यक्षका आकांक्षीहरू काठमाडौँदेखि झापा र पर्सादेखि रोल्पासम्मका छन्।