महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदन

बेरुजु साढे ७ खर्ब नाघ्यो, जेनजी आन्दोलनको प्रभावले डेढ खर्बको लेखापरीक्षण हुन सकेन (पूर्णपाठ)

98
Shares

काठमाडौं । नेपालको हालसम्मको बेरुजु साढे ७ खर्ब रुपैयाँ नाघेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ सम्मको बेरुजु ७ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

महालेखा परीक्षकको ६३औं प्रतिवेदनअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा मात्रै ८८ अर्ब रुपैयाँ बेरुजु थपिएको छ ।

यस्तो बेरुजुमा संघीय सरकारी कार्यालयतर्फ ५३ अर्ब ९४ करोड, प्रदेशतर्फ ५ अर्ब २३ करोड, स्थानीय तहतर्फ १९ अर्ब ५ करोड र समिति तथा अन्य संस्थातर्फ १० अर्ब ३२ करोड रुपैयाँ रहेको पनि प्रतिवेदनमा औंल्याइएको छ ।

गत वर्ष ९४ खर्ब ८४ अर्ब ५० करोड रुपैयाँको लेखापरीक्षण भएको छ । गत वर्ष २०८२ को भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण १७९ निकायको १ खर्ब ४७ अर्ब ९० करोड रुपैयाँको लेखापरीक्षण हुनै नसकेको पनि महालेखा परीक्षकको तथ्यांकमा उल्लेख छ ।