
काठमाडौं । नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारले अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘बहकाव’ लेखेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको बिहीवारको बैठकमा अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सहभागि हुँदै उनले सरकारले ७ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य राखेको उल्लेख गर्दै आजको परिवेशमा यो लक्ष्य कुनै पनि हालतमा प्राप्त हुन नसक्ने टिप्पणी गरे ।
आर्थिक लक्ष्य हासिल गर्न कुल गार्हस्थ उत्पादन (जिडिपी) को कम्तीमा ३५ प्रतिशत लगानी आवश्यक पर्ने उल्लेख गर्दै उनले वर्तमान परिस्थितिमा त्यो सम्भव नदेखिएको बताए ।
हरेक तीन महिनामा क्षेत्रगत उत्पादन खर्चको विवरण संसदमा पेश गर्ने व्यवस्था गर्नुपर्ने कर्णको सुझाव छ । यसले पारदर्शिता र जवाफदेहिता बढाउने उनको भनाइ छ ।









प्रतिक्रिया