सरकारले सार्वजनिक गर्यो समस्याग्रस्त २१ सहकारीका ठुला २०१ ऋणीको नाम

3.4k
Shares

काठमाडौं । सरकारले समस्याग्रस्त ११ वटा सहकारी संस्थाको ऋण नतिर्ने ठुला ऋणीहरुको नाम सार्वजनिक गरेको छ । २ दिनअघि मात्रै पहिलो चरणमा समस्याग्रस्त १० वटा समस्याग्रस्त सहकारीका ऋण नतिर्ने ठुला ९२ जना ऋणीको सूची सार्वजनिक गरेको थियो ।

शुक्रबार समस्याग्रस्त घोषणा भएका थप ११ सहकारीका सहकारीका ठुला १०९ ऋणी सदस्यहरुको नाम सार्वजनिक गरेको हो । बचतकर्ताको बचत रकम फिर्ता नगर्ने सहकारीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले समस्याग्रस्त घोषणा गरी सम्पत्ती तथा दायित्व राफसाफ गर्न समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा पठाएपछि वर्षौंदेखि बचत फिर्ता गर्न सकेका थिएनन् ।

यसअघि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले वैशाख ८ गते एक सुचना प्रकाशित गर्दै समस्याग्रस्त सहकारीका ऋणीलाई ऋणको सावाँ ब्याज भुक्तानी गर्न १५ दिनको समयसीमा दिएको थियो । समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, ऋणी सदस्य, व्यवस्थापक, कर्मचारीहरू, जमानीहरूलाई कार्यालयको वेबसाइट र राष्ट्रियस्तरको दैनिक पत्रिकामा सूचना प्रकाशन, एसएमएस, फोनलगायतका माध्यमबाट पटक-पटक जानकारी गराउँदा ऋण भुक्तानी गरेको भँदै ऋण तिर्न १५ दिनको समय दिएको थियो ।

समितिले ऋण चुक्ता गर्न बाँकी रहेका ऋणीहरूले बुझाउनुपर्ने ऋणको साँवा, व्याज तथा हर्जानासमेत बुझाउन १५ दिनको समय दिँदै उक्त समयमा ऋण नबुझाए कानुनी कारवाही सुरु गर्ने चेतावनी दिएको थियो ।

तोकिएको १५ दिनको अवधिभित्र पनि ऋण फरफारक नगरेमा ऋणीहरूको नाम नामेसीसहितको विवरण सार्वजनिक गर्ने, ऋणी तथा निजहरूका परिवार र जमानीको सम्पत्ति र खाताका साथै सार्वजनिक सेवा सुविधा रोक्काका लागि सम्बन्धित निकायमा लेखी पठाउनु चेतावनी दिएको थियो ।

त्यस्तै सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ बमोजिम कर्जा लिँदा लेखिदिएको धितो लिलाम बिक्री वा अन्य व्यवस्था गरी सहकारी संस्थाको सम्पूर्ण लेना रकम असुल उपर गरिने चेतावनी दिएको थियो ।

सुचना प्रकाशित भएको १५ दिनभित्र पनि ऋण चुक्ता नगरेपछि समितिले वैशाख २३ गते १० सहकराीका ९२ ठुला ऋणीको नाम सार्वजनिक गरेको थियो । वैशाख २४ गतेको निर्णयअनुसार शुक्रबार थप ११ सहकारीका १०९ ऋणीको नाम सार्वजनिक गरेको हो ।

Skip This