
काठमाडौं । सेयर बजारमा छ महिना यताकै न्यून कारोबार भएको छ । बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६.९४ अंकले बढेर २७१८ बिन्दुमा कायम भएपनि कारोबार भने छ महिना यताकै न्यून भएको हो ।
बिहीबार नेप्सेमा कुल २ अर्ब ९३ करोड १९ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ २०८२ कात्तिक ९ यताकै न्यून हो । उक्त कात्तिक ९ गते भने नेप्सेमा कुल २ अर्ब ३६ करोड ६३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
यद्यपि, यो बीचमा अर्थात् २०८२ फागुन २५ मा भने नेप्से सकारात्मक सर्किट लागेर पूरा दिन कारोबार हुन नपाउँदै बन्द भएका कारण कुल ५४ करोड ९५ लाख रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो ।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्सेमा कुल ३ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये १५५ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको घटेको छ । यस्तै, १२ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








प्रतिक्रिया