थकाली चामल उत्पादन गर्ने सेन्चुरीले एक वर्षमा कति गर्छ व्यापार ?

119
Shares

काठमाडौं । सेन्चुरी फुड प्याकेजिङ एन्ड प्रोसेसिङको कारोबार ६ प्रतिशतले घटेको छ । कम्पनीको कारोबार सन् २०२४ को तुलनामा सन् २०२५ मा ६ प्रतिशतले कारोबार घटेको हो ।

कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ६८ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२४ मा २ अर्ब ५४ करोड ८० लाख रुपैयाँ र सन् २०२३ मा २ अर्ब २२ करोड ५० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले गत आवमा साढे २ अर्ब बढीको कारोबार गर्दा नाफा मार्जिन ९.८९ प्रतिशत कायम छ । सन् २०२४ मा ५.४९ प्रतिशत नाफा मार्जिन रहेको थियो ।

कम्पनीको कुल नगद सञ्चय पनि बढेको छ । सन् २०२४ मा कुल नगद सञ्चय ६ करोड ५० लाख रुपैयाँ रहेकोमा बढेर १७ करोड ६० लाख रुपैयाँ रहेको कम्पनीको भनाइ छ ।

सन् २००१ मा स्थापना भएको कम्पनीको सुनसरी, ललितपुर, नारायणघाट, पोखरा र भैरहवामा प्याकेजिङ सुविधा छ । कम्पनीले विभिन्न प्रकारका चालमको कारोबार गर्दै आएको छ । कम्पनीले लङ ग्रेन चामल, जिरा चामल थकाली, मुबारक, सन्चो, कुहिनुर र सुवास साही ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

राजेन्द्रप्रसाद अग्रवाल अध्यक्ष रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ७७ करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५२ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ७६ करोड ४८ लाख रुपैयाँको रेटिङ गराएको हो ।