सम्पत्ति शुद्धीकरणमा दीपक भट्ट र शुलभ अग्रवालको पुनः म्याद थप

133
Shares

काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)को अभियोगमा अनुसन्धानका लागि हिरासतमा रहेका व्यवसायीद्वय दीपक भट्ट र शुलभ अग्रवालविरुद्ध १२ दिनका लागि म्याद थप भएको छ ।

विशेष अदालतका न्यायाधीशहरु हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले थप १२ दिन थुनामा राख्न अनुमति दिएको हो ।

विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले उनीहरुलाई थप १२ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

यो भट्टको हकमा म्याद थप पाचौंपटक र अग्रवालको हकमा छैटौं पटक भएको हो ।

हिमालयन रि लगायत विभिन्न पब्लिक कम्पनीको रकम दुरुपयोग गरेको र दीपक भट्ट लगायतको नाममा उधारोमा सेयर किनेको, इन्साइडर ट्रेडिङ गरेको र मूल्यलाई समेत प्रभाव पार्ने कार्य गरेको अभियोगमा उनीहरूमाथि धितोपत्र सम्बन्धी ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐनसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ ।

यही विषयमा प्रहरी हिरासतमा रहेका व्यवसायी शेखर गोल्छा सर्वोच्चको परमादेशपछि हिजो छुटिसकेका छन् ।