अर्थतन्त्रको उन्नयनका निम्ति काम गर्ने अध्यक्ष श्रेष्ठको प्रतिबद्धता

77
Shares

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले मुलुकको आर्थिक उन्नयनका निम्ति हरसम्भव प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । महासंघ अध्यक्षको कार्यभार सम्हाल्नुअघि संक्षिप्त कुरा गर्दै उनले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

उद्यमी व्यवसायीका साथै लगानीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता भएको उनले बताउनुभयो । निजी क्षेत्र र सरकारबीचको साझेदारी अपरिहार्य छ भन्दै उनले राष्ट्रको समृद्धि आपसी साझेदारीबाटै सम्भव हुने बताए ।

वरिष्ठ उपाध्यक्ष श्रेष्ठ आजदेखि महासंघको अध्यक्ष बनेका हुन् । महासंघको विधानमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानअनुसार उनले कार्यभार सम्हालेका हुन् ।

अध्यक्ष श्रेष्ठ साढे दुई दशकदेखि महासंघमा आबद्ध छन् । उनी व्यावसायिक घराना लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक हुन् ।