
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औं वार्षिक साधारणसभा अन्तर्गत भएको निर्वाचनमा द्विराष्ट्रिय उद्योग संघको तर्फबाट मनोज पौडेल कार्यकारिणी समिति सदस्यमा निर्वाचित भएका छन् ।
अन्तिम मतपरिणाम अनुसार पौडेलले आफ्ना प्रतिस्पर्धी सन्तोष चन्द्र कुँवरलाई पराजित गर्दै विजयी हासिल गरेका हुन् । कुल खसेको मतमध्ये मनोज पौडेलले ५ मत प्राप्त गरे भने कुँवरले ३ मत मात्र प्राप्त गर्न सफल भए ।
विजयी पौडेल नेपाल मलेसिया उद्योग वाणिज्य संघको प्रतिनिधित्व गर्दै चुनावी मैदानमा उत्रिएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कुँवर नेपाल जर्मन उद्योग वाणिज्य संघको तर्फबाट उम्मेदवार बनेका थिए ।









प्रतिक्रिया