
काठमाडौं । सरकारले ल्याएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’मार्फत एकैपटक राजनीतिक नियुक्ति पाएका १ हजार ५९४ जना पदाधिकारीहरू एकैपटक पदमुक्त हुँदा नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेल भने जोगिएका छन् ।
गभर्नर पौडेलसहित राष्ट्र बैंकका सञ्चालकहरू पनि पदमुक्त हुन बाट जोगिएका छन् । यस्तै बैंकिङ क्षेत्रमा सञ्चालकमा नियुक्ति पाएकाहरू पनि जोगिएका छन् । यससँगै राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, कृषि विकास बैंकमा नियुक्त भएका सञ्चालकहरू जोगिएका हुन् ।
शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा ‘सार्वजनिक पदाधिकारीको पदमुक्त सम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ जारी गरेका छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले प्रशासनिक सुदृढीकरण र राज्यका निकायहरूलाई नयाँ गति दिने भन्दै अध्यादेश ल्याएको हो ।









प्रतिक्रिया