
काठमाडौं । भारततर्फ अवैद्य रुपमा तस्करी गर्ने क्रममा महोत्तरीबाट ६ हजार किलो स्याउ बरामद गरिएको छ ।
नेपाल–भारत सीमा क्षेत्रबाट अवैध रूपमा भारततर्फ लैजान लागेको ६ हजार किलो स्याउ बरामद गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालले शनिबार महोत्तरीको मनराशीसवा नगरपालिका(२ स्थित सीमा क्षेत्रबाट ६ हजार ९ किलो स्याउसहित तीन वटा पिकअप गाडी नियन्त्रणमा लिएको जनाएको छ ।
सशस्त्र प्रहरी बल नेपालमा सहायक प्रवक्ता सशस्त्र प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाले स्याउ बोकेका प्रदेश ०२(०२(००१ च ०७२२, प्रदेश १(०४(००१ च ०४१४ र मधेश प्रदेश ०४(००१ च ०३८० नम्बरका तीन वटा गाडी फेला परेको जनाएका छन् ।








प्रतिक्रिया