
काठमाडौं । पछिल्ला दिनहरूमा सुनको मूल्यमा निरन्तर गिरावट आएको छ ।
बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बुधबार २ लाख ९४ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार १ हजार ८ सय रुपैयाँले घटेको हो ।
त्यसअघि मंगलबार र बुधबार दुई दिन सुनको मूल्य प्रतितोला क्रमश: ३-३ हजार रूपैयाँले घटेको थियो ।
बिहीबार चाँदीको मूल्य प्रतितोला ४ हजार ८ सय १० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला ४ हजार ९ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।





प्रतिक्रिया