आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि धितोपत्र बोर्डले माग्यो सुझाव

56
Shares

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र बजारसम्बन्धी नीति तथा कार्यक्रम तर्जुमा गर्न सरोकारवालाहरूसँग राय–सुझाव माग गरेको छ ।

बोर्डको नीति, अनुसन्धान तथा प्रशिक्षण विभागले एक सूचना जारी गर्दै नेपालको धितोपत्र बजार तथा वस्तु विनिमय बजारको व्यवस्थित र प्रभावकारी विकास एवं विस्तारका लागि रचनात्मक सुझावहरू माग गरेको हो ।

आगामी आवका लागि बजार विकास, विस्तार तथा सुधारका सम्बन्धमा कार्यान्वयन योग्य सुझावहरू उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ।

इच्छुक सरोकारवाला, विज्ञ वा व्यक्तिहरूले यही २०८३ जेठ १५ गतेभित्र बोर्डको इमेल ठेगानामा आफ्ना राय वा सुझावहरू पठाउन सक्नेछन् ।