
काठमाडौं । एभरेष्ट कलरले आजदेखि पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री खुलाएको छ ।
कम्पनीले जारी पुँजी ३० करोड रुपैयाँको १६.३३ प्रतिशत अर्थात् ७ करोड ९० लाख बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
कम्पनीले कुल कित्तामध्ये १० प्रतिशतले हुन आउने ७९ लाख रुपैयाँ बराबरको ७९ लाख कित्ता आईपीओ वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि बिक्री खुलाएको हो ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ७ हजार कित्तासम्म माग गर्न सकिनेछ । आवेदन अवधि वैशाख २२ गतेसम्म रहेको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल रहेको छ ।









प्रतिक्रिया