डुबानबाट जोगाउन जबरजस्ती बल प्रयोग बेगर सुकुम्बासीलाई सारिनेछ : प्रवक्ता पोखरेल

378
Shares

काठमाडौं । सरकारले वर्षेनी वर्षायामसँगै आउने ठूलो बाढीको डुवानबाट जोगाउन सुकुम्बासी बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सार्न लागिएका दावी गरेको छ ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री सस्मित पोखरेलले डुबानमा पर्ने भएकाले पूर्व तयारी स्वरूप स्थानान्तरण गर्न लागेको प्रस्त पारेका छन् ।

उनले सुकुम्बासी बस्ती हटाउनको लागि सरकारले जबरजस्ती डोजर नलगाउने बताएका छन्।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुरक्षित ठाउँमा व्यवस्थापन गर्नको लागि सरकारले प्रक्रिया अघि बढाएको बताए।