राष्ट्रपतिबाट संघीय संसद् अधिवेशन स्थगित

371
Shares

काठमाडौं । राष्ट्रपति कार्यालय नेपालले संघीय संसद्को दुवै सदनको अधिवेशन स्थगित गरिएको जनाएको छ ।

कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा अधिवेशन आह्वान गर्नुभएको थियो । सोहीअनुसार २०८३ वैशाख १७ गते बिहीबार दिउँसो ४ बजेका लागि संघीय संसद भवन सिंहदरबारमा बैठक बोलाइएको थियो।

तर, मन्त्रिपरिषद्कै अर्को सिफारिसका आधारमा विशेष कारण देखाउँदै उक्त अधिवेशन हालका लागि स्थगित गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अधिवेशन स्थगित गर्नुको कारण भने खुलाइएको छैन ।

Skip This