
एजेन्सी । भारतको पश्चिम बंगाल राज्यमा हुन लागेको विधानसभा निर्वाचनको पूर्वसन्ध्यामा केन्द्र सरकारका गृहमन्त्री अमित शाहले खर्साङमा चुनावी भेलालाई मंगलबार सम्बोधन गरेका छन् ।
त्यहाँ आयोजित एक ¥यालीमा उनले भने, ‘कांग्रेस, टीएमसी र अरू सबैले दार्जिलिङ र मेरा गोर्खा भाइहरूमाथि अन्याय गरेका छन् । म प्रतिज्ञा गर्छु, यहाँ भाजपाको सरकार बन्ने बित्तिकै गोर्खाहरूको लामो समयदेखिको समस्या ६ महिनाभित्र समाधान गरिनेछ ।’
‘यसपालि पश्चिम बंगालमा भारतीय जनता पार्टीको सरकार गठन हुनेछ । हामीमाथि दमन गर्ने दिदी (ममता बनर्जी) लाई अलबिदा भन्ने समय आएको छ,’ उनले थपे ।









प्रतिक्रिया