
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको कार्यसम्पादनलाई प्रभावकारी बनाउन र राष्ट्रिय प्राथमिकताका योजनाहरूलाई गति दिन अर्थमन्त्रीसहित योजनाविद्हरूसँग सघन छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा अर्थमन्त्रीका साथै राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीहरूको सहभागिता रहेको छ ।
बैठकमा सरकारको राष्ट्रिय प्राथमिकताका क्षेत्रहरू पहिचान गर्ने तथा यी निकायहरूलाई सुम्पिएको जिम्मेवारी र आगामी कार्यक्रमहरूका बारेमा विस्तृत समीक्षा भइरहेको छ । विशेष गरी सरकारको बजेट र यसको कार्यान्वयन प्रक्रियालाई थप व्यवस्थित बनाउन चालिनुपर्ने कदमबारे छलफल भइरहेको छ ।
छलफलमा राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानले आफ्नो कार्य सम्पादनका क्रममा भोगिरहेका नीतिगत तथा व्यावहारिक चुनौतीहरूका बारेमा समेत छलफल हुने छ ।











प्रतिक्रिया