
काठमाडौं । नेपाल आयल निगमले डिजेल र मटिट्तेलको मूल्य समायोजन गरेको छ ।
बिहिबार मध्य रातिदेखि लागू हुने गरी निगमले डिजेल र मट्टितेलतर्फ प्रति लिटर ३० रुपैयाँ तथा आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ मूल्य बृद्धि गरेको छ ।
समायोजन भएको मूल्य अनुसार डिजेल र मट्टितेलको नयाँ मूल्य प्रतिलिटर २३४.५० रुपैयाँदेखि २३७ रुपैयाँसम्म पुगेको छ । काठमाडौं उपत्यकामा डिजेल अब प्रति लिटर २३७ रुपैयाँमा पाइनेछ ।
यस्तै आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर २५६ रुपैयाँ तोकिएको छ ।
तर पेट्रोलको मूल्य भने यथावत् राखिएको छ ।
मूल्य समायोजनपछि डिजेलमा प्रतिलिटर ९९.१६ रुपैयाँ अझै घाटा हुने निगमको भनाइ छ।
इन्डियन आयल कर्पोरेसनले नेपालमा नयाँ खरिद मूल्यसूची पठाएपछि नेपालमा पनि हेरफेर भएको हो।








प्रतिक्रिया