हिमालयन रि–इन्स्योरेन्स र हिमालयन लाइफका सञ्चालकले लिए पद तथा गोपनियताको सपथ


काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष सी.ए. नारायण बजाजलाई पद तथा गोपनियताको शपथ गराएका छन् ।

बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा पद तथा गोपनीयताको शपथ गराइएको हो ।

यसअघि, प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले चैत ३० गते हिमालयन रिइन्स्योरेन्स लिमिटेडका सञ्चालक समितिका अध्यक्ष उदय कुमार निरौलालाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

त्यस अवसरमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीको उपस्थिति रहेको थियो ।

Skip This