गर्मीमा आराम दिने केन्ट एअर कूलर तथा फ्यानहरूको विश्वास

42
Shares

काठमाडौं । बढ्दो गर्मि मौसमलाई मध्यनजर गरि सिजी इलेक्ट्रोनिक्स् अर्न्तगत अन्तर्राष्ट्रिय ब्रान्ड केन्टले नेपाली बजारमा अत्याधुनिक एअर कूलर तथा फ्यानहरूको नयाँ सार्वजनिक गरेको छ ।

आधुनिक प्रविधि, आकर्षक डिजाइन तथा उच्च कार्यक्षमता सहितका यी उत्पादनहरूले उपभोक्तालाई गर्मी मौसममा सहज, सुरक्षित र ऊर्जा–कुशल समाधान प्रदान गर्ने लक्ष्य राखेका छन् ।

कम्पनीका अनुसार नयाँ केन्ट एअर कूलरहरू विभिन्न श्रेणीमा उपलब्ध छन्, जसमा पर्सनल कूलर, डेजर्ट कूलर, टावर कूलर तथा कमर्शियल कूलर समावेश छन् । यी कूलरहरूमा उच्च एयर डेलिभरी, ठूलो पानी ट्यांकी क्षमता, इन्वर्टर कम्प्याटिबिलिटी, तथा कम बिजुली खपत जस्ता विशेषताहरू रहेका छन् ।

साथै, प्रभावकारी कूलिङका लागि उन्नत एयर फ्लो टेक्नोलोजी तथा प्रयोगमैत्री डिजाइनले घर तथा कार्यालय दुवैका लागि उपयुक्त बनाएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, केन्टका फ्यानहरू पनि आधुनिक जीवनशैलीलाई ध्यानमा राखी डिजाइन गरिएका छन् । सीलिङ फ्यान, वाल फ्यान, टेबल फ्यान तथा स्ट्यान्ड फ्यानका विभिन्न मोडेलहरू उपलब्ध रहेका छन् ।

यी फ्यानहरूमा उच्च स्पीड, कम आवाज, ऊर्जा बचत गर्ने प्रविधि, तथा आकर्षक र टिकाउ डिजाइन समावेश गरिएको छ, जसले उपभोक्तालाई दीर्घकालीन सन्तुष्टि प्रदान गर्ने विश्वास लिइएको छ ।

Skip This