
एजेन्सी । इजरायलले इरानीहरूलाई स्थानीय समय अनुसार राति ९ बजेसम्म रेल यात्रा नगर्न चेतावनी दिएको छ ।
इजरायली सेनाले मंगलबार आक्रमणहरूका बीच इरानलाई नयाँ चेतावनी जारी गरेको हो ।
फारसी भाषामा सेनाले इरानी जनतालाई स्थानीय समय अनुसार राति ९ बजेसम्म रेलमा नचढ्न चेतावनी दिँदै यसले ‘तपाईंको जीवन खतरामा पार्ने’ बताएको छ ।
यो चेतावनी सामाजिक सञ्जाल एक्समा गरिएको एक पोस्टमार्फत आएको हो ।
‘तपाईंको उपस्थितिले तपाईंको जीवनलाई जोखिममा पार्छ,’ चेतावनीमा उल्लेख गरिएको छ ।










प्रतिक्रिया