गृहमन्त्री सुधन गुरुङले लिजमा लिएको फेवातालमा पर्ने जग्गाको अवस्था हेर्नुस् (फोटो फिचर)

371
Shares

पोखरा । फेवाताल संरक्षण अभियान अन्तर्गत शनिबार पोखरा महानगरपालिकाले अभियान चलाइरहेको बेला पोखरा महानगरपालिका–२२ सिम्ले क्षेत्रमा गृहमन्त्री सुधन गुरुङले लिजमा लिएको भनिएको जग्गा चर्चामा आएको छ ।

उक्त जग्गामा निर्माण गरिएको संरचना हाल प्रयोगविहीन अवस्थामा रहेको देखिएको छ । संरचनामा तालाबन्दी गरिएको छ भने वरिपरि झाडीले ढाकिएको छ। स्थानीय स्रोतका अनुसार उक्त जग्गा फेवातालको मापदण्डभित्र पर्ने देखिएको छ, जहाँ पोखरा महानगरपालिकाले हालै गाडेको सीमा स्तम्भसमेत भेटिएको छ ।

यसैबीच, महानगरपालिकाले फेवाताल छेउछाउमा बनाइएका टहरा हटाउने अभियानअन्तर्गत शनिबार बिहानदेखि डोजर चलाएको थियो । फेवाताल क्षेत्रमा गृहमन्त्री गुरङको २० रोपनी जग्गा रहेको समाचारहरू सार्वजनिक भएका थिए । गृहमन्त्री गुरुङले भने उक्त जग्गाबारे आफ्नो धारणा सार्वजनिक गर्दै आफू ठगिएको दाबी गरेका छन् र कानुनी उपचारमा जाने समेत बताएका छन् ।

तस्बिरहरू: अर्जुन गाहा/नेपाल फोटो लाइब्रेरी