पूर्वयुवराज पारस शाह अस्पताल भर्ना

7.2k
Shares

काठमाडौं । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् ।

बिहीबार बिहान पारसलाई काठमाडौंको थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको हो ।

अस्पताल स्रोतले उनी नियमित जाँचका क्रममा अस्पताल भर्ना भएको जानकारी दियो ।

नियमित जाँचका निम्ति उनलाई अस्पताल भर्ना गरिएको सुरक्षा स्रोतले जनाएको छ ।

शाह विहान ८ बजे अस्पताल भर्ना गरिएका हुन् । मुटुसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएको अस्पताल स्रोतको भनाइ छ । शाहको पेसमेकर फेर्ने तयारी गरिएको छ ।

शाहलाई हाल चिकित्सकहरूको निगरानीमा राखिएको छ ।