पत्रकार दिलभूषण पाठकले पाए सफाइ, प्रहरीको दाबी नपुग्ने

574
Shares

काठमाडौं । पत्रकार दिलभूषण पाठकले अदालतबाट सफाइ पाएका छन् । जिल्ला अदालत काठमाडौंका न्यायाधीश खिमानन्द भुषालको इजलासले पाठकको मुद्दामा दाबी नपुग्ने आदेश दिएको हो ।

पाठकविरूद्ध साइबर ब्युरोले विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ अनुसार कसुर गरेको भन्दै मुद्दा दायर भएको थियो । उनले ‘टफ टक विथ दिलभूषण पाठक’मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाका छोराको जयविर देउवाको लगानी हिल्टन होटलमा भएको चर्चाको जवाफ दिनुपर्ने भन्दै भिडियो बनाएका थिए ।

त्यस भिडिओ प्रसारण भएपछि साइबर ब्युरोमा जयविरले उजुरी गरेका थिए । जिल्ला अदालतमा गत असार १८ गते मुद्दा दायर भएको थियो । सो मुद्दामा जिल्ला अदालतले दाबी नपुग्ने आदेश दिएको हो । यसअघि थुनछेक आदेश हुँदा उनलाई २५ हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

Skip This