रमेश लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं लगियो

0
Shares

काठमाडौं । पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई बयानका लागि प्रहरी परिसर काठमाडौं ल्याइएको छ।

महाराजगन्जस्थित नेपाल प्रहरीको नम्बर २ गणबाट उनलाई बयानका लागि परिसर पुर्‍याइएको हो । पक्राउ परेका लेखकको बयान प्रक्रिया सुरु भएको सहन्यायाधिवक्ता रामहरि काफ्लेले जानकारी दिएका छन् ।

भदौ २३ र २४ गतेको घटना बारे जाँचबुझ गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा प्रहरीले उनलाई चैत १४ गते पक्राउ गरेको हो ।

पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँगै लेखक पनि पक्राउ परेका थिए । दुवैलाई अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

Skip This