सुहाङ नेम्वाङद्वारा एमाले संसदीय दलको नेतामा दाबी

448
Shares

काठमाडौं । नेकपा एमालेका सांसद सुहाङ नेम्वाङले संसदीय दलको नेतामा औपचारिक रूपमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।

आज च्यासलमा जारी संसदीय दलको बैठकमा नेम्वाङले पार्टीको अहिलेको जनभावना र आवश्यकता अनुरुप दलको नेतामा आफ्नो इच्छा व्यक्त गरेका हुन् । बैठकमा सहभागी एक नेताका अनुसार नेम्वाङले पार्टीको विधि पद्धति र अग्रजहरूको भूमिकालाई सम्मान गर्दै आफू जिम्मेवारी निभाउन तयार रहेको उल्लेख गरे ।

देशमा उत्पन्न वर्तमान परिस्थिति नजरअन्दाज गर्न नहुने भन्दै उनले सदन र सदन बाहिरको अवस्था बुझ्न सक्नु पर्ने उल्लेख गरे ।

नेम्वाङ फागुन २१ को प्रतिनिधि सभा निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। प्रतिनिधि सभामा एमालेका २५ जना सांसद छन्।

समानुपातिकतर्फबाट सांसद रामबहादुर थापा ‘बादल’ पनि संसदीय दल नेतामा आकांक्षी रहेका छन् । आजको बैठक उनकै संयोजनमा बसेको हो। बैठकमा पार्टी पदाधिकारीहरू विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, शंकर पोखरेल लगायतका नेताहरू उपस्थित थिए।

बैठकमा नेतृत्वको विषयमा छलफल भइरहेको छ र संसदीय दलको नेता तय गर्ने प्रक्रियामा अब अन्तिम निर्णय आउन बाँकी छ।

Skip This