धनगढीमा बागेश्वर रिफाइनरी तेल उद्योग बन्ने, लगानी कति?

189
Shares

काठमाडौं । धनगढीमा साढे ६८ करोड रुपैयाँ लागतमा बागेश्वर रिफाइनरी आयल उद्योग बन्ने भएको छ । कम्पनीले ६८ करोड ६० लाख रुपैयाँ लागतमा उद्योग निर्माण गर्ने योजना बनाएको हो ।

कम्पनीले दैनिक २०० टन क्षमतामा कच्चा तेल प्रशोधन गर्ने योजनासहित उद्योग निर्माण गर्न लागेको छ ।

उद्योग निर्माणका लागि कम्पनीले ७०:३० को लगानी अनुपात तय गरेको छ । कम्पनीले ४८ करोड २ लाख रुपैयाँ लगानी कर्जा लिई गर्नेछ भने बाँकी २० करोड ५८ लाख रुपैयाँ इक्वीटीमार्फत् लगानी गर्ने जनाएको छ ।

कम्पनीका अनुसार हालसम्म कर्जा र इक्वीटीको व्यवस्थापन भइसकेको छ । अहिले उद्योग निर्माण प्राथमिक चरणमा छ । सन् २०२४ मा स्थापना भएको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ८८ करोड रुपैयाँको रेटिङ गराएको छ।

कम्पनीले कच्चा भटमासको तेल, सनफ्लावर तेल र पामोलिन आयात गरी प्रशोधन गर्दै कारोबार गर्ने जनाएको छ ।

कम्पनीको सम्पूर्ण लगानीकर्ता टेकबहादुर बोगटी हुन् । उनले बागेश्वर सुगर एन्ड केमिकल इन्डष्ट्रिज, बागेश्वर एग्रो इन्डष्ट्रिज र बागेश्वर फ्लोर मिल सञ्चालन गर्दै आएका छन् ।

Skip This