ट्राफिक प्रहरीको विशेष अभियान: लेन उल्लंघन गर्ने १५० चालक माथि कारबाही

0
Shares

काठमाडौं । काठमाडौं उपत्यकामा लेन अनुशासन कार्यान्वयन गर्न ट्राफिक प्रहरीले विशेष अभियान सञ्चालन गरेको छ ।

अभियान अन्तर्गत चैत १५ गते विभिन्न स्थानमा सचेतना कार्यक्रमसहित कडाइका साथ अनुगमन र कारवाही गरिएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख नवराज अधिकारी सहित वरिष्ठ ट्राफिक प्रहरी अधिकृतहरूको टोलीले कोटेश्वर चोकमा स्थलगत अनुगमन गर्दै सवारी चालकलाई लेन अनुशासन कायम गर्न निर्देशन दिएको थियो । सो क्रममा चालकहरूलाई ट्राफिक नियम पालना, यात्रु सुरक्षा तथा सेवा सुधारबारे समेत सचेतना प्रदान गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

अभियानकै क्रममा लेन अनुशासन उल्लङ्घन गर्ने १५० वटा सवारी साधनका चालकलाई कारवाही गरिएको छ । अनुशासनहीन गतिविधि नियन्त्रण गर्न विशेष निगरानी र कडाइका साथ कारवाही गरिएको प्रहरीको भनाइ छ ।