
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य अवस्थाबारे अस्पतालले जानकारी दिएको छ ।
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णयसँगै शनिबार बिहानै पक्राउ परेका एमाले अध्यक्ष ओलीलाई त्यस लगत्तै स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो ।
अस्पतालले जारी गरेको स्वास्थ्य विवरण अनुसार ओलीलाई २०८२ पुस १४ गते मुटुको धड्कन बढ्ने (पाल्पिटेसन) समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । उनी मिर्गौला प्रत्यारोपण गरिसकेका बिरामी हुन्।
अस्पतालका अनुसार ओलीमा हाइड्रोनेफ्रोसिस , डायबिटिज, हाइपरटेन्सन, हाइपोथाइरोइडिज्म, एट्रियल फिब्रिलेसन र कोलेलिथियासिस जस्ता समस्या रहेका छन्।
हाल उनी अस्पतालको एनक्स–१ को ५०१ नम्बर बेडमा चिकित्सकहरूको निगरानीमा उपचाररत रहेको अस्पतालले जनाएको छ।









प्रतिक्रिया