ओली पक्राउको बिरोधमा प्रदर्शन गरेका ६ जना छुटे, एकजना बैंकिङ कसुरका फरार अभियुक्त

525
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली पक्राउको बिरोधमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकामध्ये ६ जना रिहा भएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार शनिबार पक्राउ परेका ६ जनालाई छाडिएको हो ।

उक्त प्रदर्शनका क्रममा कुल ७ जना पक्राउ परेका थिए । तीमध्ये विमल धमला भने अझै हिरासतमा राखिएका छन् ।

धमला प्रदर्शनका क्रममा सवारी साधन तोडफोडमा संलग्न रहेको देखिएको प्रहरीले जनाएको छ । साथै, उनीविरुद्ध बैंकिङ कसुरसम्बन्धी दुई वटा मुद्दा पनि रहेको प्रहरीले जनाएको छ।

उनलाई म्याद थप गरी अनुसन्धान अघि बढाउने प्रक्रिया प्रहरीले अगाडि बढाएको छ।