
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त भएसँगै बालेन्द्र शाह (बालेन) का सामाजिक सञ्जालका बायोहरू अपडेट गरिएका छन् ।
पदभार ग्रहण गरेलगत्तै उनले आफ्ना विभिन्न सामाजिक सञ्जाल प्लेटफर्महरूमा बायो परिवर्तन गर्दै ‘Prime Minister of Nepal’ उल्लेख गरेका हुन् ।
युवापुस्तामाझ लोकप्रिय बालेन सामाजिक सञ्जालमा बलियो उपस्थिति राख्छन् । फेसबुक, इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता प्लेटफर्महरूमा उनी चर्चित छन् ।
प्रधानमन्त्री बनेपछि उनले करिब ४ लाख २४ हजार फलोअर रहेको ‘एक्स’मा समेत आफ्नो बायो परिवर्तन गरी ‘Prime Minister of Nepal’ राखेका छन्।








प्रतिक्रिया