एक्सनमा जान्छु, कसैले घुस मागे तत्काल जानकारी गराउनुस्: गृहमन्त्री गुरुङ

3k
Shares

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देश अब जेनजी जनादेशअनुसार अघि बढ्ने बताएका छन् । उनले गलत कार्य गर्ने कसैलाई पनि छुट नदिइने स्पष्ट पारे ।

मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले अब सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाइने बताए । उनका अनुसार, नागरिकले एउटै ठाउँमा निवेदन दिएपछि अन्यत्र धाउन नपर्ने गरी एकद्वार प्रणाली लागू गरिनेछ ।

‘कम बोल्ने मान्छे हुँ । एक्सनमा जान्छु । जेनजीको माग अनुसार हामी आएको हो । सुशासनविरुद्धका कुनै काम हुन सक्दैन,’ उनले भने ।

गुरुङले कुनै कामका क्रममा कसैले घुस वा अतिरिक्त पैसा मागेमा तत्काल जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरे ।

साथै, उनले प्रहरी प्रशासनलाई नियमअनुसार निष्पक्ष रूपमा काम गर्न निर्देशन दिएका छन् ।