
काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेलले पार्टीको घोषणापत्रअनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउने बताएका छन्।
सिंहदरबारमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उनले सरकारमा आएपछि थप जिम्मेवारीबोध भएको उल्लेख गरे। ‘पार्टीको वाचापत्र कार्यान्वयन गर्नु हाम्रो दायित्व हो। त्यही प्रतिबद्धताअनुसार शिक्षा क्षेत्रमा सुधारका कार्यक्रम अघि बढाउँछौँ,’ उनले भने।
काठमाडौं महानगरपालिकामा बालेन्द्र साह मेयर हुँदा पोखरेल शिक्षा सल्लाहकारका रूपमा कार्यरत थिए। साह प्रधानमन्त्री बनेपछि उनलाई शिक्षा मन्त्रालयको जिम्मेवारी दिइएको हो।
उनले महानगरभित्र लागू गरिएको शैक्षिक सुधारको अनुभवलाई देशभर विस्तार गर्ने योजना रहेको पनि बताए। ‘महानगरमा कार्ययोजना बनाएर सुधार गरेका थियौँ, त्यस्तै मोडेल देशभर लागू गर्नेछौँ,’ उनले स्पष्ट पारे।








प्रतिक्रिया