सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने

546
Shares

काठमाडौं । सुनिल लम्साल भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले लम्साललाई महत्त्वपूर्ण जिम्मेवारी दिने भएको हो।

उनले प्रधानमन्त्री बालेन शाहपछि आजै शपथ ग्रहण गर्नेछन् । राष्ट्रपति कार्यालयमा आयोजना हुने विशेष समारोहमा नवनियुक्त प्रधानमन्त्रीको शपथ ग्रहण लगत्तै लम्सालसहित अन्य मन्त्रीहरूको शपथ हुने कार्यक्रम रहेको छ ।

शपथ ग्रहणपश्चात् लम्सालले आजै सिंहदरबारस्थित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय पुगेर आफ्नो कार्यभार सम्हाल्नेछन् ।