
काठमाडौं । नवनिर्वाचित सांसद तथा अर्थविद् डा. स्वर्णिम वाग्लेसँग पत्रकारहरूले ‘बजेट कति लेख्नुभयो ?’ भन्दै जिज्ञासा राखेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वाग्लेलाई भावी अर्थमन्त्रीका रूपमा प्रस्तुत गर्दै ‘बजेट लेख्न सुरु गर्नुहोस्’ भनेका थिए । सोही सन्दर्भलाई जोड्दै बिहीबार संघीय संसदको सदस्यको रुपमा शपथ लिन सिंहदरबार पुगेका वाग्लेसँग पत्रकारहरूले यस्तो प्रश्न गरेका हुन् ।
‘एफएटीएफको ग्रे लिस्टबाट देशलाई कसरी बाहिर निकाल्ने र कमजोर बनेको अर्थतन्त्र सुधार गर्न के योजना छ ?’ भन्ने प्रश्न पनि गरेका थिए ।
जवाफमा डा. वाग्लेले हाल आफू सांसदको भूमिकामै केन्द्रित रहेको उल्लेख गर्दै सोही आधारमा प्रश्न गर्न आग्रह गरे ।
उनले भने, ‘त्यो भूमिकाबारे पछि छलफल गरौँला, अहिले सांसदका रूपमा नै प्रश्न सोध्नुस् । म संसदमार्फत इमानदार प्रयास गर्नेछु ।’








प्रतिक्रिया